काठमाडौं — दुग्ध विकास संस्थान (DDC) ले उत्पादन गरेको नेपाली घ्यू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
DDC स्रोतका अनुसार पहिलो चरणमा दुबईसहित अन्य खाडी मुलुकहरुमा घ्यू निर्यात गरिने छ। DDC प्रमुखका अनुसार सबै प्राविधिक र गुणस्तर प्रमाणीकरणको काम सकिएको छ र सम्भवतः आगामी शुक्रबारदेखि औपचारिक निर्यात सुरु हुनेछ।
संस्थानले खाडी मुलुकमा वार्षिक न्यूनतम ५० मेट्रिक टन घिउ निर्यात गर्ने सम्झौताको अन्तिम तयारी भइरहेको जनाएको छ। यसअघि पनि पहिलो चरणमा मध्यपूर्वका देशमा DDC को घिउ निर्यात गर्ने तयारी भइरहेको र वार्षिक कम्तीमा ५० हजार लिटर घिउ निर्यात गर्ने लक्ष्य सहित निजी क्षेत्रसँग सम्झौता भइसकेको बताइएको थियो।
पछिल्लो समय प्रधानमन्त्री बालेन शाह र कृषिमन्त्रीले DDC ब्रान्डको प्रवर्द्धन गरेपछि संस्थानको व्यापारमा नयाँ गति आएको छ। प्रधानमन्त्रीले नै चाँडै खाडीमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी भइरहेको र नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गरिँदै गरेको जानकारी गराएका थिए।
सरकारी स्वामित्वको रुग्ण अवस्थामा पुगेको DDC पछिल्लो ब्रान्डिङ र बजार विस्तार अभियानपछि तीन महिनामै व्यापार ३५% ले बढेको बताइन्छ।
नेपाली किसानले उत्पादन गरेको दूधबाट बनेको शुद्ध घ्यू खाडीमा रहेका लाखौं नेपाली र विदेशी उपभोक्तामाझ पुग्दा यसले नेपालको कृषि निर्यातमा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ।
नेपाली उत्पादन, अब विश्व बजारमा! 😮