काठमाडौं। आन्तरिक राजस्व विभागले 'करदाता प्रोत्साहन उपहार कार्यक्रम'अन्तर्गत साउन महिनाको पहिलो १५ दिनको उपहार योजनाका विजेताहरूको घोषणा गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा शुक्रबार आयोजित कार्यक्रममा सार्वजनिक गोलाप्रथामार्फत विजेताहरूको घोषणा गरिएको हो। विभागका अनुसार १५ जना करदाताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ र एक जनाले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्।
प्रचलित कानुनबमोजिम कर कट्टा भएपछि विजेताहरूले यसबापत करिब १ लाख रुपैयाँ खुद उपहार रकम प्राप्त गर्ने विभागले जनाएको छ।
विजेता कुपन नम्बरहरू:
१ लाख ३३ हजार ३३४ रुपैयाँ नगद उपहार जित्ने १५ जना विजेताहरूको कुपन नम्बरहरू यस प्रकार रहेका छन्:
००७७५५५८०६७०
०१५६११०५८०७५
०१२२५८०८६५८८
०१४९७३९०७३३
००६८४१५५३५३७
००२९२८८१७८११
००९८९१७८३२४५
००४७८०८४०८८४
१०८३७१८०३३२ (०१०८३७१८०३३२)
००५५८८५०६०८५
००३००६७७८५८९
००८७८२४८६३३५
०१३०३५२३०२९७
००१८०८९६५९८६
०११३८०९१४५८०
उपभोक्ताहरूमा बिल लिने बानीको विकास गर्ने र करको दायरालाई फराकिलो बनाउने उद्देश्यले सरकारले यो उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ।