ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

रसुवा बाढीपीडितका लागि बौद्धिक एजुकेसन एकेडेमी सुर्खेतद्वारा प्रधानमन्त्री राहत कोषमा २५ हजार आर्थिक सहयोग

August 29, 2026
सागर रावल-
१३ भदाै। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बौद्धिक एजुकेसन एकेडेमी सुर्खेत परिवारले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरेको छ। 

एकेडेमीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बाढीबाट प्रभावित विभिन्न जिल्लाका पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले रु. २५हजार १ सय ५ रुपैयाँ प्रधानमन्त्री राहत कोषको कृषि विकास  बैंकको क्यूआर कोडमार्फत ट्रान्सफर गरेको जनाएको छ।
एकेडेमीले जारी सूचनाअनुसार २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अकस्मात आएको विनाशकारी बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन तथा नवलपरासी जिल्लामा धनजनको ठूलो क्षति भएको घटनाप्रति विद्यालय परिवारले गहिरो दुःख व्यक्त गरेको छ। साथै, बाढीका कारण ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।
विपद्को कठिन परिस्थितिमा पीडितको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्ष एकजुट हुनुपर्ने बौद्धिक एजुकेसन एकेडेमीले जनाएको छ।  बौद्धिक एजुकेसन एकेडेमी परिवारको तर्फबाट संकलित रकम राहत कोषमा जम्मा गरिएको हो।

उक्त सूचना कर्णबहादुर मल्लले संयुक्त रूपमा राहत रकम हस्तान्तरण तथा सहयोग अभियानलाई औपचारिकता दिनुभएकाे हाे। एकेडेमी परिवारले  विपद्को समयमा मानवीय सहयोग सबैको साझा दायित्व भएको उल्लेख गर्दै पीडितको राहत, उद्धार र पुनःस्थापनाका लागि आवश्यक सहयोगमा सबैलाई जुट्न समेत आग्रह गरेको छ।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »