ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

पञ्चदेवल विनायक नगरपालिकामा अपाङ्गता पहिचान तथा परिचय-पत्र वितरण शिविर सञ्चालन हुने

August 29, 2026

अछाम, ५ भाद्र — पञ्चदेवल विनायक नगरपालिकामा न्यायमा पहुँच पुर्याउने उद्देश्यका साथ अपाङ्गता पहिचान तथा परिचय-पत्र वितरण शिविर सञ्चालन हुने भएको छ। नगरपालिकाको आयोजना तथा यू.एन.डी.पी. (UNDP) र आस्था नेपालको सहयोग एवं सहजीकरणमा यो शिविर सञ्चालन हुन लागेको हो।

शिविर आगामी २०८३ साल भाद्र १४ गते आइतबार का दिन बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म पञ्चदेवल विनायक नगरपालिकाको कार्यालय परिसरमा हुनेछ।

विगतमा पञ्चदेवल विनायक नगरपालिकाबाट अपाङ्गता परिचय-पत्र प्राप्त नगर्नु भएका व्यक्तिहरूले आवश्यक कागजातसहित शिविरमा उपस्थित हुन नगरपालिकाले अनुरोध गरेको छ।

शिविरमा सहभागी हुन आवश्यक कागजातहरू:

 * नेपाली नागरिकताको प्रमाण-पत्र (नाबालकको हकमा जन्मदर्ता प्रमाण-पत्रको प्रतिलिपि)

 * साविकको महिला तथा बालबालिका कार्यालयबाट जारी भएको परिचय-पत्र भए सोको सक्कल प्रति

 * हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति

 * सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र

विशेष पुनश्च:

यसअघि नै पञ्चदेवल विनायक नगरपालिकाबाट अपाङ्गता परिचय-पत्र प्राप्त गरिसकेका व्यक्तिहरूको अपाङ्गताको स्थितिमा थपघट (परिवर्तन) भएको भए, वर्ग हेरफेर गरी नयाँ परिचय-पत्र उपलब्ध गराइनेछ। त्यसरी वर्ग परिवर्तन गर्नुपर्नेहरूले आफ्नो सक्कल परिचय-पत्रसहित अनिवार्य रूपमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »