ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...

प्रधानमन्त्री बलेनको नेतृत्वमा राष्ट्रिय उद्योग र संस्थानहरूमा आशालाग्दा सुधार: संकटबाट समाधानतर्फका पाइलाहरू

August 08, 2026
काठमाडौं — वर्षौंसम्म घाटामा रहेका, बन्द अवस्थामा थलिएका र निराशाले घेरिएका राष्ट्रिय उद्योगहरूलाई पुनः जीवन्त बनाउने उद्देश्यसहित प्रधानमन्त्री बालेन्द्र शाह (बलेन शाह) को नेतृत्वमा इमान्दार प्रयास, कानुन कार्यान्वयन र प्रभावकारी टिमवर्कका कारण नयाँ र आशालाग्दा परिणामहरू देखिन थालेका छन्। नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानहरूलाई प्रतिस्पर्धी बनाउन सहजीकरण, उत्प्रेरणा र समन्वयलाई उच्च प्राथमिकतामा राखेको छ।

​प्रधानमन्त्री बलेनको कार्यकालमा विभिन्न पाँच प्रमुख राष्ट्रिय उद्योग तथा संस्थानहरूमा देखिएका मुख्य उपलब्धिहरू यसप्रकार छन्:

​नेपाल औषधि लिमिटेड: विश्व स्वास्थ्य संगठनको "गुड म्यानुफ्याक्चरिङ प्राक्टिस" (जिएमपी) मापदण्ड प्राप्त गरेसँगै यस लिमिटेडको औषधि बिक्रीमा उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा आर्जन गरेको यस कम्पनीले पछिल्लो ४ महिनामा मात्र २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरिसकेको छ। आगामी ३ वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिइएकोमा यस वर्ष २५ प्रकारका औषधिको उत्पादन तयारी अन्तिम चरणमा पुगेको छ।

​हेटौँडा कपडा उद्योग: लामो समयदेखि बन्द रहेको यस उद्योगलाई पुनः सञ्चालनमा ल्याउनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई जिम्मा दिइएको छ। तान (लुम) मर्मत कार्य सम्पन्न भएपछि हाल परीक्षण उत्पादन सुरु भई केही मात्रामा कपडा उत्पादनसमेत भइसकेको छ। परीक्षण पश्चात यो उद्योग नेपाल सरकारले नै सञ्चालन गर्नेछ।

​नेपाल वायुसेवा निगम: गत आर्थिक वर्षको चैतदेखि असारसम्मको अवधिमा निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँले बढी हो। यस अवधिमा निगमको विमान सीट उपयोगीता (अकुपेन्सी) ६% ले बढेर ८६% पुगेको छ भने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋणबापतको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता पनि भुक्तानी गरिएको छ।

​दुग्ध विकास संस्थान (डीडीसी): किसानको रोकिएको बक्यौता भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै ८ महिनाको भुक्तानी अवधि (७२ करोड रुपैयाँ) लाई घटाएर २ देखि ३ महिनामा (३५ करोड रुपैयाँ) झारिएको छ। किसानलाई प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ भने दैनिक बिक्री ३५% ले बढेर राजस्व संकलन दैनिक ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको छ। कर्मचारीको कानुन विपरीतको सुविधा कटौती गरी वार्षिक करिब ३ करोड रुपैयाँ बचत गरिएको छ भने खाडीमा घ्यू, चीनमा बटर र छुर्पी निर्यातको तयारी भइरहेको छ।

​सिंहदरबार वैद्यखाना विकास समिति: सरकार गठन भएपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरिएको छ। गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा चार गुणाले बढी हो। वर्तमानमा १०५ प्रकारका औषधि उत्पादन भइरहेकोमा चालु आर्थिक वर्षभित्र यसलाई १५० पुर्याउने र जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको छ।

​देशप्रतिको समर्पण र इमान्दारिता कायम राखेमा रुग्ण अवस्थाका अन्य उद्योगहरूमा पनि नयाँ प्राण भर्न सकिने दृढ विश्वास प्रधानमन्त्री बलेन शाहले व्यक्त गरेका छन्। माटोमा उत्पादन वृद्धि गरी देशलाई आत्मनिर्भर बनाउने यो यात्रामा सबैको रचनात्मक साथ र विश्वासको अपेक्षा गरिएको छ।
सोसल मिडियामा सेयर गर्नुहोस्:

राजनीति (Politics)

Loading Politics News...
Advertisement

खेलकुद र मनोरञ्जन (Sports & Entertainment)

Loading Sports...