ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...

अछामका विभिन्न दलका नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

August 11, 2026
अछाम: अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाका विभिन्न राजनीतिक दल तथा क्षेत्रमा कृयाशील नेता र कार्यकर्ताहरू अन्य पार्टी त्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। राजधानीस्थित रास्वपाको केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा आयोजित एक कार्यक्रमकाबीच उनीहरूलाई पार्टीमा स्वागत गरिएको हो।

नवप्रवेशीहरूलाई रास्वपाकी केन्द्रीय सदस्य अनिता श्रेष्ठले पार्टीको सदस्यता प्रदान गर्दै औपचारिक रूपमा स्वागत गरेकी हुन्। कार्यक्रममा रास्वपा अछामका उपसभापति टंक धामी, पार्टी नेताहरू जनक बहादुर धामी र धर्मेन्द्र बिसी लगायतका स्थानीय तहका नेताहरूको पनि उपस्थिति रहेको थियो।

कसले छोडे कुन पार्टी?
नेकपाका स्थानीय नेता लोकेन्द्र बहादुर धामीको नेतृत्वमा विभिन्न राजनीतिक दल तथा पेसागत क्षेत्रका व्यक्तिहरूले रास्वपामा प्रवेश गरेका हुन्। पार्टी फेर्नेहरूमा पञ्चदेवल विनायक वडा नं. २ का पूर्व नेकपा नेता लोकेन्द्र बहादुर धामी, एक्मी इन्जिनियरिङ कलेजका नेविसंघ उपसभापति तथा पञ्चदेवल विनायक-२ का धीरेंद्र शाही रहेका छन्।

यसैगरी, सोही वडाका प्रेम बहादुर धामी, पञ्चदेवल विनायक-५ लयाटीका स्थानीय कलाकार भरत लामिछाने र पञ्चदेवल विनायक-२ का युवा नेता तथा पूर्व नेपाली कांग्रेसका जगत बहादुर धामीले पनि अन्य दल परित्याग गरी रास्वपामा आस्था व्यक्त गरेका छन्।

देशभर राजनीतिक दलप्रतिको आकर्षण बदलिरहेको समयमा अछाम जस्तो सुदूर पहाडी जिल्लामा स्थानीय स्तरका युवा नेता, विद्यार्थी नेता र कलाकारहरू एकसाथ रास्वपामा गोलबन्द हुनुलाई स्थानीय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
सोसल मिडियामा सेयर गर्नुहोस्:

राजनीति (Politics)

Loading Politics News...
Advertisement

खेलकुद र मनोरञ्जन (Sports & Entertainment)

Loading Sports...