ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...

सरकारले सुनसरी र सिरहा प्रदर्शनमा मृत्यु भएका ४ जनालाई सहिद घोषणा गर्ने

August 12, 2026

काठमाडौं — सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ।

सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको घटनामा प्रहरीको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता तथा सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका रविन्द्र कुमार मेहता र गणेश कुमार यादव लाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । 


७ र ८ बुँदे सहमति

गृह मन्त्रालयका अनुसार पीडित परिवार र सरकारबीच छुट्टाछुट्टै सहमति भएको छ।

सुनसरी घटनामा ७ बुँदे सहमति भएको छ। सहमति अनुसार:

  • मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने।
  • प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने।
  • घटनाको छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही गर्ने।

त्यस्तै सिरहामा ७/८ बुँदे सहमति भएको छ। गोलबजारमा साउन १४ गते सुनसरी घटनाको विरोधमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका-२ का गणेश यादवको परिवारसँग सरकारले सहमति गरेको हो।

सहमति अनुसार गणेश यादवलाई पनि सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने र परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने उल्लेख छ।

सिरहामा १५ वर्षीय गणेश यादवको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएको थियो। घटनापछि गोलबजार क्षेत्रमा कर्फ्यू र सेना परिचालन गरिएको थियो।

गृहमन्त्री सुदन गुरुङ आफैं सुनसरी र सिरहा पुगेर पीडित परिवारलाई भेटेका थिए। सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।

सोसल मिडियामा सेयर गर्नुहोस्:

राजनीति (Politics)

Loading Politics News...
Advertisement

खेलकुद र मनोरञ्जन (Sports & Entertainment)

Loading Sports...