ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...

होटल तथा रेष्टुरेन्टहरूमा जथाभावी हुक्का र चुरोट सेवनमा रोक लगाउन प्रशासनको आग्रह, धूम्रपानमुक्त बनाउन जोड

August 07, 2026
काठमाडौं — राजधानीका होटल तथा रेष्टुरेन्टहरूमा जथाभावी रूपमा हुक्का तथा चुरोट (धूम्रपान) सेवन गर्नेक्रम बढ्दै गएको र यसले धूम्रपान नगर्ने अन्य ग्राहक तथा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको गुनासो बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले कडा कदम चालेको छ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै काठमाडौँभित्र सञ्चालित सम्पूर्ण होटल, रेष्टुरेन्ट तथा सार्वजनिक स्थलहरूलाई धूम्रपान गर्न मिल्ने र नमिल्ने ठाउँ छुट्टै छुट्याउन र सोही अनुसारको प्रबन्ध मिलाउन गम्भीर अनुरोध गरेको छ। सार्वजनिक स्थलमा हुने जथाभावी धूम्रपानले बालवालिका, वृद्धवृद्धा तथा धूम्रपान नगर्ने ( प्यासिभ स्मोकर) हरूको स्वास्थ्यमा नराम्रो असर परेको भन्दै प्रशासनले यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएको हो।

कार्यालयले कानुनविपरीत जथाभावी धूम्रपान गर्ने तथा गराउने व्यवसायहरूलाई नियमनको दायरामा ल्याइने र अटेरी गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने समेत संकेत गरेको छ। प्रशासनको यस निर्णयले सार्वजनिक स्वास्थ्यको रक्षा गर्न र कानुनी कानुनी पालना गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।  

विशेष अनुरोध (Public Service Announcement):
धुम्रपान स्वास्थ्यका लागि मात्र नभई तपाईंसँगै बस्ने अन्य साथीभाइ, परिवार र समाजका अन्य नागरिकको जीवनका लागि पनि हानीकारक छ। यसैले, हामी सबैलाई धूम्रपानबाट टाढै रहन तथा यसलाई त्याग्न हार्दिक अनुरोध गर्दछौं। स्वस्थ र सभ्य समाजको निर्माणका लागि आजैबाट प्रण गरौँ— "धूम्रपान निषेध गरौँ, स्वस्थ जीवन अपनाऔँ।"

सोसल मिडियामा सेयर गर्नुहोस्:

राजनीति (Politics)

Loading Politics News...
Advertisement

खेलकुद र मनोरञ्जन (Sports & Entertainment)

Loading Sports...