ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

घोराही बनाउँ अभियान र ग्रेड बुद्ध एकेडेमी बीच सहुलियतमा ३० जना विद्यार्थी पढाउने सहमति

May 21, 2026
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा रहेको ग्रेड बुद्ध एकेडेमी र घोराही बनाउ अभियानबीच ३० जना विद्यार्थीहरूलाई सहुलियतमा प्लस टु पढाउने सहमति भएको छ।

एसइइ पास गरेका विद्यार्थीहरूमध्ये १० जना विपन्न वर्गका, १० जना दलित र १० जना जनजाति समुदायका विद्यार्थीहरूलाई सहुलियतमा कक्षा ११ र १२ पढाउने सहमति भएको हो। ग्रेट बुद्ध एकेडेमीका प्रिन्सिपल निमानन्द गैरे र घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले यस्तो सहमति गर्नुभएको हो ।

एसइइ पास गरेका विद्यार्थीहरूले ग्रेट बुद्धमा साइन्स र म्यानेजमेन्ट विषयमा पढ्न चाहेमा वार्षिक ५ हजार रुपैयाँमा विद्यार्थीहरूले पढ्न पाउनेछन् ।उनीहरुले कक्षा १२ मा पनि ५००० नै तिर्नुपर्नेछ। यसरी पढेका विद्यार्थीहरूले थप रकम तिर्नुपर्ने छैन ।

यस विषयमा एकेडेमीका प्रिन्सिपल निमानन्द गैरेले नारायणपुर वरपरका अधिकांश क्षेत्रमा बसोबास गरिरहेका दलित, जनजाति अनि अन्य समुदायका समेत निम्न आय स्रोत भएका घरपरिवार भएकाले घोराही बनाउ अभियानसँग सहकार्य गरेर यस्तो योजना ल्याइएको बताउनुभयो ।

प्रिन्सिपल गैरेले विद्यार्थी अनि अभिभावकहरुलाई यो योजना अन्तर्गत विद्यार्थी पढाउन चाहेमा विद्यालयमा वा घोराही बनाउ अभियानसँग सम्पर्क गर्न अनुरोध गर्नुभयो । प्रिन्सिपल गैरेले निजी विद्यालयहरूमा अत्यधिक महँगो शुल्क रहेको आम बुझाइ भएकाले विपन्न समुदायका छोराछोरीहरू पनि आफूहरूको विद्यालयमा पढ्न सकुन् भनेर यस प्रकारको योजना ल्याइएको जानकारी दिनुभयो ।

यता घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले एकेडेमीलाई धन्यवाद दिँदै उच्च शिक्षा पढ्न चाहने तर आर्थिक अभावका कारण समस्याग्रस्त विद्यार्थीहरूका लागि विद्यालयकै अग्रसरतामा आफूहरुले सहकार्य गरेको बताउनुभयो ।

प्रियासनका अनुसार रकम नै तिर्न नसक्ने केही विद्यार्थीहरूका लागि समेत घोराही बनाउँ अभियानले व्यवस्थापन गर्नेछ । यस विषयमा केही बुझ्नुपर्नेमा प्रियासनको ९८५७८३०३४३ र गैरेको ९८४७८४११९१ नम्बरमा फोन गरेर  बुझ्न सकिनेछ।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »