बिनायक, अछाम।
पहाडी तथा दुर्गम क्षेत्रमा प्रविधिको पहुँच र व्यावसायिक कामको अभाव भइरहेका बेला अछामको बिनायकमा एक उदाहरणीय कार्य सुरु भएको छ। बिनायकका स्थानीय युवा दीपेन्द्र अधिकारीले आफ्नो व्यक्तिगत प्रयासमा यस क्षेत्रमै पहिलोपटक व्यावसायिक DSLR Camera मार्फत उच्च गुणस्तरको फोटो तथा भिडियो खिच्ने सेवा सुरु गर्नुभएको छ।
अहिले उहाँले विशेषगरी ऐतिहासिक तथा पर्यटकीय क्षेत्र पञ्चदेवल मन्दिर परिसर र बिनायक बजार वरिपरि केन्द्रित भई सेवा दिइरहनुभएको छ भने आवश्यकता अनुसार अन्य क्षेत्रमा पनि पुग्ने गर्नुभएको छ।
दुर्गम पहाडी गाउँमा एक्लो प्रयासबाट यस्तो आधुनिक र गुणस्तरीय सुविधा प्रदान गरेर दीपेन्द्रले स्थानीय स्तरमा प्रविधि र सिर्जनशीलताको राम्रो उदाहरण प्रस्तुत गर्नुभएको छ। ASN News परिवार उहाँको यो साहसिक कदमको उच्च प्रसंशा गर्दै व्यवसाय सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछ।
यदि तपाईं पनि बिनायक क्षेत्रमा हुनुहुन्छ र आफ्नो विशेष पलहरूलाई DSLR क्यामेरामा कैद गर्न चाहनुहुन्छ भने उहाँलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ:
नाम: दीपेन्द्र अधिकारी
सम्पर्क नम्बरहरू: ९७६८२३०८४९ / ९७०१७५२१०६
मुख्य कार्यक्षेत्र: बिनायक बजार र ऐतिहासिक पञ्चदेवल मन्दिर परिसर (आवश्यकता अनुसार अन्य ठाउँ पनि)