ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

बयालपाटा प्रादेशिक अस्पतालको औपचारिक उद्घाटन; ट्रमा युनिट र रक्त सञ्चार केन्द्र सञ्चालनमा

May 10, 2026
अछाम, बैशाख २७ ।
अछामको साँफेबगर नगरपालिकामा अवस्थित बयालपाटा प्रादेशिक अस्पतालको औपचारिक उद्घाटन गरिएको छ। २०८२ साल भाद्र १ गतेदेखि सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय मातहत आएको यस अस्पतालको शुक्रबार एक विशेष समारोहका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले समुद्घाटन गर्नुभएको हो।

अस्पतालको औपचारिक उद्घाटनसँगै स्वास्थ्य सेवामा महत्वपूर्ण खुड्किलो मानिने रक्त सञ्चार केन्द्र (ब्लड बैंक) र ट्रमा युनिटको पनि सोही अवसरमा सुरुवात गरिएको छ। यसका साथै अस्पतालमा चौथो ग्रामीण ट्रमा सम्मेलनको समेत उद्घाटन गरिएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले बयालपाटा प्रादेशिक अस्पताललाई सुदूरपश्चिमकै गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा पूर्व उपप्रधान एवं गृह तथा रक्षा मन्त्री डा. भीम रावल, प्रतिनिधि सभा सदस्य भरत कुमार स्वाँर, र सुदूरपश्चिमका सामाजिक विकास मन्त्री मेघराज खड्का लगायतका विशिष्ट व्यक्तिहरूले अस्पतालको स्तरोन्नति र दिगोपनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

योगदानकर्ताहरू सम्मानित 
सोही अवसरमा अस्पताल स्थापनाका क्रममा योगदान पुर्‍याउने सहिद परिवार, विभिन्न दातृ निकाय र सहयोगी संस्थाहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा न्याय हेल्थ नेपाल, सशस्त्र प्रहरी बल, हाप्सा नेपाल, लाइन्स क्लब, दारी ग्याङ र लाइफलाइन अछाम रहेका छन्। यस्तै, सबैभन्दा बढी रक्तदान गर्ने अस्पतालका स्वास्थ्यकर्मी भवेन्द्र बोहरालाई पनि विशेष सम्मान गरिएको थियो।

स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन हाप्सा नेपाल (HAPSA) ले अस्पताललाई भेन्टिलेटर उपकरण समेत सहयोग हस्तान्तरण गरेको छ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मी, पूर्व मेडिकल सुपरिटेण्डेण्ट डा. जगदिश जोशी, स्वास्थ्य कार्यालय अछामका प्रमुख झपट ढुंगाना, हाप्सा नेपालका संस्थापक डा. रामु खरेल, स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

ट्रमा युनिट र रक्त सञ्चार केन्द्रको सञ्चालनले अछाम लगायत छिमेकी पहाडी जिल्लाका बिरामीहरूलाई आकस्मिक उपचार र रगतको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »