ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

पत्रकार महासंघद्वारा नेपाल नगरपालिका सङ्घलाई ज्ञापनपत्र यस विषयमा संघले छिटै निर्णय लिन्छ : महासचिव चौधरी

April 28, 2026
दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीसहित नेपाल नगरपालिका सङ्घका केन्द्रीय महासचिव नरुलाल चौधरीलाई भेटेर केन्द्रले तयार पारेको ज्ञापनपत्र बुझाएको हो। 

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालको हस्ताक्षर रहेको ज्ञापनपत्र बुझ्दै नेपाल नगरपालिका सङ्घका महासचिव नरलाल चौधरीले यस विषयमा दुई तीन दिन भित्रै संघले निर्णय लिने बताउनुभयो । उहाँले नेपालका सबै सञ्चार माध्यमहरुलाई असर गर्ने गरी सरकारले विज्ञापन सम्बन्धी गरेको निर्णय व्यवहारिक नभएको, यसबाट नागरिकमा सूचना प्रवाह गर्न समेत समस्या परेको र स्थानीय सरकारको अधिकारसमेत कटौती भएकाले सामूहिक रुपमा संघको तर्फबाट छिटै नै ठोस निर्णय लिने चौधरीको भनाइ छ । हाल दाङको घोराहीमा रहनुभएका नगरपालिका सङ्घका महासचिव चौधरीले भोलि नै काठमाडौँ गएर यो विषयमा छलफल गरिने प्रतिबद्धता जाहेर गर्नुभयो।

 ज्ञापनपत्र बुझाउँदै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले सरकारले तत्काल विज्ञापनसम्बन्धी गरिएको निर्णय फिर्ता ल्याएर यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने सवालमा निर्णय गर्न अनुरोध गर्नुभयो । प्रियासनले स्थानीय र प्रदेश सरकारले पनि यो विषयमा बोल्नुपर्नेमा जोड दिनुभयो। नेपाल पत्रकार महासङ्घ यसको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएको छ। पहिलो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न हुँदासम्म सरकारले निर्णय फिर्ता नलिए कडा आन्दोलनमा उत्रने महासंघले जनाएको छ।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »