ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

घोराहीको पिपल बोटमुनि प्रियासनले बटुवाहरुलाई खाना खुवाउँदै मनाए जन्मदिन

April 24, 2026
दाङ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव, घोराही बनाउँ अभियानका संयोजक एवं जय महाकाल सेवा समाजका सल्लाहकार सबिन प्रियासनले आफ्नो जन्मदिन घोराही ट्राफिक चोकको पिपल बोटमुनि बटुवा एवं असायहरूलाई खाना खुवाउँदै मनाएका छन् । 


शुक्रबार साँझ सेवा समाजमा आबद्ध पदाधिकारी, सदस्य एवं निःशुल्क खाना खुवाउने कार्यक्रममा दिनरात खटिएका भोलेन्टियरहरूले प्रियासनलाई खादा माला लगाएर सम्मान समेत गरेका थिए । सो अवसरमा प्रियासनले बटुवा एवं असायहरूलाई खाना बाँड्दै महाकालद्वारा साँझ बिहान नै पिपल बोटमुनि निःशुल्क खाना खुवाउने कार्यक्रम भइरहेको जान्कारी दिदै आफ्नो जन्मदिन पनि खाना खुवाउँदै सबैको साथमा मनाउन पाएकोमा खुसी व्यक्त गर्नुभयो । 

अन्य सबैलाई आफ्नो स्पेसल दिनलाई सामाजिक कार्यसँग जोड्न मन भए पिपल बोटमुनि आएर जन्मदिन मनाउनेदेखि दिनदुखीहरुलाई खाना खुवाउन सकिने प्रियासनको भनाइ छ। सो अवसरमा जय महाकाल सेवा समाज घोराहीका अध्यक्ष श्रीधर गिरीले प्रियासनलाई सामाजिक काममा सक्रिय भएर लाग्न र दाङलाई अझै राम्रो बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरित गर्नुभएको थियो।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »