ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

तालागाडमा पक्की पुल बन्ने सुनिश्चित: ८ करोड ७८ लाखको बहुवर्षीय ठेक्का प्रक्रिया सुरु

April 15, 2026

अछाम ! पञ्चदेवल विनायक नगरपालिकाका वडा नम्बर ५, ८ र ९ लाई जोड्ने तालागाडमा पक्की पुल निर्माण हुने पक्का भएको छ। लामो समयदेखिको प्रतिक्षा र स्थानीयको मागपछि करिब ८ करोड ७८ लाख रुपैयाँको लागतमा पुल निर्माणका लागि स्रोत सुनिश्चित भई बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढेको छ।


कर्णाली करिडोर र पूर्वाधार विकासमा तीव्रता

पुल निर्माणसँगै कर्णाली करिडोरको अछाम खण्डमा पर्ने पुल्लेतोला, बारला र कालेकाडा क्षेत्रमा बाह्रै महिना यातायात सेवा सञ्चालन गर्न सहज हुने देखिएको छ। हाल सोही क्षेत्रको चिल्ताडा-भानाकोट खण्डमा ४ करोड रुपैयाँ बराबरको ट्रयाक खोल्ने काम भइरहेको छ भने माथिल्लो दोगाडेमा ७ करोड ४४ लाखको लागतमा अर्को पक्की पुलको निर्माण कार्य पनि जारी छ।

स्थानीयस्तरमा उत्साह

तालागाडमा पुल बन्ने भएपछि यस क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस आयोजनाले संघीय सरकारलाई पनि कर्णाली करिडोरको अछाम खण्ड निर्माणमा थप दबाब र प्रेरणा दिने विश्वास लिइएको छ। प्रदेश सरकार र पूर्वाधार विकास कार्यालय अछामको समन्वयमा यसै आर्थिक वर्षभित्र ठेक्का प्रक्रिया टुङ्ग्याएर काम सुरु गरिने जनाइएको छ।

​यस गौरवको आयोजनाका लागि पहलकदमी लिने र बजेट विनियोजन गर्ने प्रदेश सरकार एवं सम्बन्धित निकायहरूप्रति स्थानीय सरोकारवालाहरूले आभार प्रकट गरेका छन्।

सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »