ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

मङ्गलसेन–१३ साल्पाटामा एक वर्षदेखि बिजुली सेवा अझै सञ्चालनमा आएन

January 05, 2026
अछामको मङ्गलसेन नगरपालिका वडा नम्बर १३ साल्पाटामा करिब एक वर्ष बित्न लाग्दासमेत विद्युत् सेवा सञ्चालनमा आउन सकेको छैन। स्थानीय क्षेत्रमा बिजुलीका पोलहरू खडा गरिए पनि हालसम्म बत्ती नबलेको स्थानीयवासीको गुनासो छ।


यस विषयमा न त वडा तथा नगरका जनप्रतिनिधिहरूको ध्यान पुगेको छ, न त सम्बन्धित सरकारी निकायले चासो देखाएको आरोप स्थानीयको छ। लामो समयदेखि समस्या ज्यूँका त्यूँ रहँदा स्थानीय बासिन्दा निराश बनेका छन्।

स्थानीयवासीले अब यस विषयमा सामूहिक रूपमा आवाज उठाउनुपर्ने आवश्यकता देखिएको बताएका छन्। यस्तै समस्या मङ्गलसेन नगरपालिकाका अन्य वडाहरूमा पनि रहेको जनाइएको छ।

चुनावी समयमा विकासका ठूला–ठूला प्रतिबद्धता गर्ने जनप्रतिनिधिहरूले ती वाचा कहिले पूरा गर्ने हुन् भन्ने प्रश्नसमेत उठ्न थालेको छ। स्थानीयले जनप्रतिनिधिहरू चुनावका बेला जस्तै नियमित रूपमा गाउँ–गाउँ पुगेर विकासको अवस्था सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »