ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

बालेन्द्रको ‘ब्याकबोन’ भूपदेव शाह : अछाम–२ बाट संसद यात्राको तयारी

January 14, 2026
अछाम — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई स्थापित गर्न पर्दापछाडि निर्णायक भूमिका खेलेका भूपदेव शाह अब प्रत्यक्ष राजनीतिमा देखिने संकेत गरेका छन्। मेयरका प्रमुख स्वकीय सचिव रहेका भूपदेव अछाम निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारीमा छन्।


२९ वर्षीय भूपदेव अछामको मंगलसेन नगरपालिका–४ का स्थायी बासिन्दा हुन्। विवेकशील साझा हुँदै वैकल्पिक राजनीतिमा सक्रिय उनी रणनीति, संवाद र संगठन निर्माणमा दक्ष मानिन्छन्। २०७९ को स्थानीय तह निर्वाचनमा बालेन्द्रको स्वतन्त्र अभियानलाई व्यवस्थापन गर्ने मुख्य पात्रमध्ये भूपदेव थिए।

पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिहरू एक ठाउँमा ल्याउने प्रयासमा उनले वार्ता र समन्वयको भूमिका निर्वाह गरेपछि उनको चर्चा झन् बढेको छ। रास्वपाको केन्द्रीय सदस्यमा मनोनीत भइसकेका भूपदेव अछाममै गएर जनताबाट अनुमोदन लिएर राष्ट्रिय राजनीतिमा उक्लिनुपर्ने मान्यता राख्छन्।

उनको भनाइ छ, “अछाम जितिएन भने सिंहदरबार पुगिँदैन।” यही सोचका साथ भूपदेव अहिले जन्मथलोमै राजनीतिक तयारीमा जुटिरहेका छन् । 
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »