ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

डेढ वर्षपछि त्रिशूली किनारमा भेटियो पहिरोले बगाएको गणपति डिलक्स बस...

January 13, 2026
काठमाडौं । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बस डेढ वर्षअघि पहिरोले बगाएर बेपत्ता भएको गणपति डिलक्स भएको पुष्टि भएको छ।


नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार फेला परेपछि सशस्त्र प्रहरी बलको टोलीले उत्खनन सुरु गरेको थियो। निरन्तर तीन दिनसम्म गरिएको उत्खननका क्रममा मंगलबार उक्त बस २०८१ असार २८ गते त्रिशूलीमा खसेका दुई बसमध्ये एक गणपति यातायातको भएको पुष्टि गरिएको हो।

उक्त दिन बिहान काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस नारायणगढबाट करिब २२ किलोमिटर पूर्वोत्तर सिमलताल क्षेत्रमा पहिरोमा बग्दै त्रिशूली नदीमा खसेका थिए।

दुर्घटनाका बेला दुवै बसमा करिब ६५ जना यात्रु सवार थिए। गणपति यातायातको बसमा सवार तीन यात्रु भने पौडेर ज्यान जोगाउन सफल भएका थिए भने बाँकी यात्रुहरू बससँगै बगेका थिए। दुर्घटनापछि केही यात्रुको मात्र शव फेला परेको थियो भने अधिकांश अझै बेपत्ता रहेका छन्।सुरक्षाकर्मीहरूले एन्जल डिलक्स बसको खोजी कार्य पनि जारी रहेको जनाएका छन्।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »