ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

भारतीय लोकप्रिय गायक तथा अभिनेता "प्रशान्त तामाङ"को मृत्यु

January 12, 2026
भारत: भारतीय लोकप्रिय गायक तथा अभिनेता "प्रशान्त तामाङ"को ४३ वर्षको उमेरमा January ११ 2026 मा दिल्ली-भारतमा हृदयाघात/कार्डियक अरेस्ट (cardiac arrest) काे कारण मृत्यु भएको छ । उहाँ 2007 सालको Indian idol Season 3 का विजेता समेत रहेका छन् ।


दार्जिलिङमा जन्मिएका प्रशान्त तामाङ साधारण गोर्खा परिवारबाट आएर भारतीय संगीत क्षेत्रमा ठूलो पहिचान बनाएका कलाकार थिए। मुम्बई पुलिसमा सेवा गर्दै गर्दा उनले Indian Idol 2007 मा भाग लिएका थिए र आफ्नो मधुर स्वर तथा सरल व्यक्तित्वका कारण लाखौँ दर्शकको मन जित्दै प्रतियोगिताको उपाधि हात पारेका थिए।

Indian Idol जितेपछि तामाङले हिन्दी तथा नेपाली भाषामा थुप्रै गीतहरू गाए। गायनसँगै उनले केही चलचित्र तथा वेब सिरिजमार्फत अभिनयमा पनि आफ्नो उपस्थिति जनाएका थिए। उनी विशेषगरी नेपालीभाषी तथा गोर्खा समुदायका लागि प्रेरणाका प्रतीक मानिन्थे।
उनको अकस्मात् निधनको खबरसँगै संगीत तथा कला क्षेत्रका कलाकारहरू, प्रशंसकहरू र शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत गहिरो शोक व्यक्त गरेका छन्। प्रशान्त तामाङको योगदानलाई संगीत जगतले लामो समयसम्म सम्झिरहनेछ।

स्वर्गीय: प्रशान्त तामाङ प्रति हार्दिक श्रद्धाञ्जली ! 
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »