ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

अछाम–२ मा कांग्रेसका दुई दर्जनभन्दा बढी आकांक्षीको नाम संकलन

December 10, 2025
अछाम | आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ ले आफ्ना सम्भावित उम्मेदवारहरूको सुची तयार गर्न सुरु गरेको छ। क्षेत्रीय कार्यसमितिको कमलबजारमा बसेको बैठकले विभिन्न तहबाट दुई दर्जनभन्दा बढी नेताको नाम संकलन गरेको हो।

क्षेत्रीय सभापति पुष्पराज शर्माका अनुसार प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका लागि छुट्टाछुट्टै गरी नाम संकलन गरिएको छ।
बैठकले प्रत्यक्षतर्फ १६ जना, समानुपातिकतर्फ ११ जना, र राष्ट्रिय सभातर्फ ३ जना आकांक्षीको नाम दर्ता गरेको छ।


प्रत्यक्षतर्फ आकांक्षी नेताहरू

प्रत्यक्ष चुनावमा इच्छुकहरूको सूचीमा पार्टी सभापति तथा निवर्तमान सांसद पुष्प बहादुर शाह, पूर्व सांसदहरू रामबहादुर बिष्ट र अक्कल बहादुर बिष्ट प्रमुख रूपमा देखिएका छन्।
त्यसबाहेक पञ्चदेवल–बिनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउने, प्रदेश समितिका सदस्य तथा पत्रकार महासंघका पूर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैना, साथै बलबहादुर कुँवर, गणेश बहादुर बिष्ट, रामबहादुर शाही, पद्मराज अधिकारी, देवराज देवकोटा, मानबहादुर शाही, पुष्पराज शर्मा, जनकबहादुर धामी, बलाराम बिष्ट, सुशील भण्डारी र बि.पि. रेग्मी समेत आकांक्षीको रूपमा नाम चढेका छन्।

समानुपातिकतर्फ दर्ता भएका नाम

समानुपातिक सूचीमा नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष रमेश रावत, निवर्तमान प्रदेश सांसद अम्बि कुमारी थापा, कमलबजारका पूर्व नगर प्रमुख ओमप्रकाश बिष्ट सहित अमृता बुढा, पुर्णा शाह, गौरी भण्डारी, सुरेन्द्र बिष्ट, कृष्णा शाही, टेकबहादुर बिक, दुर्गा थापा र लक्ष्मी बोगटी रहेका छन्।

राष्ट्रिय सभातर्फ

राष्ट्रिय सभाका लागि सुरत ब. बिष्ट, टोपबहादुर रावल र भूमिसरण ढकाल बजगाईका नाम क्षेत्रीय समितिमा दर्ता भएको छ।

क्षेत्रीय समितिले संकलित नामहरू जिल्ला तथा केन्द्रीय तहमा पठाइने बताइएको छ।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »