ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

पञ्चदेवल विनायकमा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्डमा विद्यामन्दिर नमुना मावि प्रथम

December 29, 2025
अछाम; नगरपालिका स्तरीय छनोट प्रतियोगिता अन्तर्गत पञ्चदेवल विनायक नगरपालिकामा सञ्चालित १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।

पौष १० गतेदेखि पञ्चदेवल क्याम्पसको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिता आज सम्पन्न भएको पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले जानकारी दिइन्।
प्रतियोगितामा विद्यामन्दिर नमुना माध्यमिक विद्यालयले १० स्वर्ण, ३ रजत र ५ कास्य गरी जम्मा १८ पदक जित्दै प्रथम स्थान हासिल गरेको छ।



त्यसैगरी, धनवन्तरी माध्यमिक विद्यालयले ४ स्वर्ण, ५ रजत र २ कास्यसहित कुल ११ पदक प्राप्त गर्दै द्वितीय स्थान हासिल गरेको छ भने भवानीदेवी माध्यमिक विद्यालयले ३ स्वर्ण, ५ रजत र ४ कास्यसहित १२ पदक जित्दै तृतीय स्थानमा चित्त बुझाएको छ।

मालिका नमुना माध्यमिक विद्यालयले यस वर्ष ३ स्वर्ण, २ रजत र १ कास्य पदक प्राप्त गरेको छ। त्यस्तै, नवज्योति माध्यमिक विद्यालयले २ स्वर्ण, ६ रजत र ५ कास्यसहित कुल १३ पदक जित्दै प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। अम्बिका माध्यमिक विद्यालयले २ स्वर्ण, २ रजत र ४ कास्यसहित ८ पदक प्राप्त गरेको छ।

प्रतियोगितामा शारदा, जाल्पेश्वरी, मेहन्द्र, चण्डिका, ऋषिकुल तथा सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूले पनि विभिन्न खेल विधामा सहभागिता जनाउँदै पदक जित्न सफल भएका छन्।
नगरपालिकाभित्रका १२ वटा माध्यमिक विद्यालय सहभागी प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी आगामी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि पठाइने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख डम्बर बहादुर थापाले जानकारी दिए।

स्थानीय तहमा खेलकुदको विकास, विद्यार्थीमा अनुशासन र प्रतिस्पर्धात्मक खेल भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले विद्यालयस्तरमै उत्साह र ऊर्जा थपेको सहभागीहरूको भनाइ छ।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »