ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

पुणे हडप्सरमा नेपाली बालक मृत फेला परेको घटना–अंगभेदीको आशंकाबारे विस्तृत छानबिनको माग

December 12, 2025
पुणे (भारत) — महाराष्ट्रको पुणे हडप्सरस्थित ससानेनगर क्षेत्रमा बस्दै आएका अछाम जिल्ला ढकारी गाउँपालिका–२, फाटाबगरका डबले सार्कीका ११ वर्षीय छोरा प्रकाश सार्की मृत अवस्थामा फेला परेको दाबी सोशल मिडियामा तीव्र गतिमा फैलिएको छ।


परिवारका अनुसार बालक १२ डिसेम्बर २०२५ साँझ करिब ६ बजेदेखि बेपत्ता भएका थिए। भोलिपल्ट बिहान उनको बसोबास नजिकैको क्षेत्रमा मृत अवस्थामा फेला परेको बताइएको छ।

स्थानीयहरूले घटनालाई शंकास्पद मानेका छन् र सामाजिक सञ्जालमा “अंगभेदी (kidney निकालिएको)” भन्ने दाबीहरू राखिएको देखिन्छ। तर अंगभेदी भएको कुरा हालसम्म आधिकारिक रूपमा पुष्टि भएको छैन।

समुदायमा त्रास, प्रवासमा बसेका नेपालीलाई सतर्कता अनुरोध

यो दाबी सामाजिक सञ्जालमा फैलिएपछि पुणेमा बस्ने नेपाली समुदाय र स्थानीय अभिभावकहरूमा चिन्ता र सतर्कता बढेको छ।
अभिभावकहरूले आफ्ना बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्।

सम्बन्धित निकायको ध्यानाकर्षण

यस घटना अत्यन्त संवेदनशील भएकाले निम्न निकायहरूलाई औपचारिक छानबिन र पुष्टिका लागि ध्यानाकर्षण गराइन्छ—

पुणे सिटी पुलिस, हडप्सर डिभिजन

नेपाल दूतावास – नयाँ दिल्ली

Non-Resident Nepali Association (NRNA), Maharashtra Chapter

बाल अधिकार र मानव बेचबिखनविरुद्ध कार्यरत संस्था


यी निकायले घटनाको वास्तविकता सार्वजनिक गर्न, परिवारलाई कानुनी सहयोग उपलब्ध गराउन तथा सम्भावित आपराधिक कार्यको निष्पक्ष अनुसन्धान गर्न आवश्यक पहल urgently गर्नुपर्ने देखिन्छ।

सम्पूर्ण नेपाली समुदायलाई आग्रह

आफ्ना बालबालिकाको सुरक्षामा विशेष ध्यान दिनुहोस्।

बेपत्ता वा शंकास्पद गतिविधि देखिएमा तुरुन्त पुलिसमा रिपोर्ट गर्नुहोस्।

सोशल मिडियामा आएको हरेक दाबी पुष्टि गरेर मात्र फैलाउनुहोस्, ताकि गलत माहिती नफैलियोस् र वास्तविक पीडितले न्याय पाउन सहयोग होस्।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »