ASN News Nepal || Sport News
समूह ‘C’ मा नेपाल, इंग्ल्यान्डसँग पहिलो भिडन्त
नेपाल रहेको समूह ‘C’ मा इंग्ल्यान्ड, वेष्ट इन्डिज, बंगलादेश र इटाली परेका छन्। यी टोलीहरूसँगको भिडन्त नेपालका लागि चुनौतीपूर्ण हुने बताइएको छ।
नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध मुम्बईमा खेल्नेछ। त्यसपछि नेपालका खेलहरू यसप्रकार छन्—
फेब्रुअरी १२ : नेपाल बनाम इटाली
फेब्रुअरी १५ : नेपाल बनाम वेष्ट इन्डिज
फेब्रुअरी १७ : नेपाल बनाम बंगलादेश
अन्य समूहहरू
समूह ‘A’ : भारत, पाकिस्तान, यूएसए, नेदरल्याण्ड्स, नामिबिया
समूह ‘B’ : अष्ट्रेलिया, श्रीलंका, आयरल्याण्ड, जिम्बाबे, ओमान
समूह ‘D’ : न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा, यूएई
नेपालको तेस्रो विश्वकप यात्रा
यसअघि नेपालले २०१४ र २०२४ मा टी–२० विश्वकप खेलेको थियो। आगामी २०२६ संस्करण नेपालका लागि तेस्रो सहभागिता हुनेछ।
