ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

५ वर्षदेखि अछामको विनायक–तोली अन्धकारमा! टेलिकम सेवा शून्य, जिम्मेवार निकाय मौन

October 11, 2025

 अछाम ! अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका अन्तर्गतपर्ने विनायक र तोली क्षेत्रका बासिन्दा वर्षौंदेखि मोबाइल नेटवर्कको चरम समस्यामा परेको गुनासो गरिरहेका छन्।

नेपाल टेलिकम (NTC) र Ncell दुबै कम्पनीले देशभर 4G सेवा पुगेको दाबी गरे पनि विनायक र तोलीका बासिन्दाले अहिले पनि नेटवर्क खोज्न घर–घरका छत चढ्नुपर्ने अवस्था छ।



स्थानीयवासीहरूका अनुसार, पछिल्ला ५/६ वर्षदेखि निरन्तर नेटवर्क समस्या रहँदै आएको छ। बिहान करिब साढे ९ बजेसम्म NTC को 2G सिग्नल मात्र उपलब्ध हुन्छ, भने त्यसपछि दिनभर 3G देखिए पनि इन्टरनेट पूरै रूपमा निष्क्रिय रहन्छ। रात पर्दा त सिग्नल नै हराउँछ।

“NTC को डाटा खोलेर पनि फेसबुक खोलिँदैन, म्यासेज पठाउनसमेत समय लाग्छ,” स्थानीय युवाहरु भन्छन्, “अहिलेको युगमा यस्तो सेवा हुनु लज्जाजनक कुरा हो।”


Ncell को अवस्था पनि उस्तै रहेको स्थानीयहरूको आरोप छ। ‘4G’ को नाममा सिग्नल त देखिन्छ, तर इन्टरनेट स्पिड शून्य बराबर हुन्छ,’ तोलीका एक स्थानीय भन्छन्, “हामीले हरेक महिना दिनको रिचार्ज गर्छौं, तर सेवा भने शून्य। यो जनतालाई सिधै ठगेको होइन ?”


नेपाल सरकारको 'डिजिटल नेपाल' भन्ने सरकारी नारा अहिले विनायक र तोलीका जनतालाई व्यङ्ग्य जस्तै लाग्न थालेको छ।

एकातिर सरकारले अनलाइन शिक्षा, ई–सेवा, डिजिटलीकरणको कुरा गर्छ, अर्कोतिर गाउँका जनता फोन कल गर्नसमेत संघर्षरत छन्।

यो केवल सञ्जालको समस्या होइन यो राज्यको लापरबाही र टेलिकम कम्पनीहरूको गैरजिम्मेवारीपूर्ण व्यवहारको स्पष्ट प्रमाण हो। सम्बन्धित निकायको यथा सिघ्र ध्यानकर्षण होस्। 

सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »