अछाम । पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ वाढी खोलामा जडान गरिएको ट्रान्सफर्मरमा समस्या आएपछि वडा नं. २, ३ र ४ मा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
नगरपालिकामा मिति २०८२/६/२४ गतेदेखि समस्या आएको र अर्को व्यवस्था नभएसम्म विद्युत सेवा अवरुद्ध रहने जानकारी वडा अध्यक्ष "कृपा बहादुर धामी"ले दिएका छन ।
दशैं–तिहारजस्ता मुख्य चाडपर्वमा विद्युत् बन्द हुँदा स्थानीयहरू हैरान भएका छन्। यस विषयमा तत्काल ध्यान दिन अछाम वितरण केन्द्र लाई ध्यानाकर्षण गराउन चाहान्छौ ।
Comments
Post a Comment