ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

गाजामा हमासले ४८ बन्दीको तस्वीर सार्वजनिक, सूचीमा नेपाली विपिन जोशी पनि

September 20, 2025


गाजामा इजरायलले आक्रमण तीव्र पारेपछि हमासले "विदाई तस्वीर" भन्दै ४८ बन्दीहरूको तस्वीर सार्वजनिक गरेको छ। तर तीमध्ये कसको अवस्था के छ भन्नेबारे हमासले कुनै जानकारी खुलाएको छैन।

सार्वजनिक गरिएको तस्वीरहरूको सूचीमा ३८ नम्बरमा नेपालका विपिन जोशीको तस्वीर पनि राखिएको छ। विपिन जोशी अघिल्लो वर्ष इजरायलमा अध्ययनका लागि गएका नेपाली विद्यार्थी हुन्। हमासले उनीसहित अरू बन्दीहरूको वर्तमान अवस्था, स्वास्थ्य स्थिति वा लोकेशनबारे कुनै विवरण सार्वजनिक गरेको छैन।

यसअघि पनि हमासले केही पटक बन्दीहरूको तस्वीर सार्वजनिक गर्दै आएको भए पनि पुष्टि गर्न सकिने स्पष्ट प्रमाण नदिएको कारण पीडित परिवारहरू अझै अनिश्चिततामा छन्। विपिन जोशीको सुरक्षित मुक्तिको माग गर्दै नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर संवाद गरिरहेको जनाएको छ।

गाजा युद्ध अझै चर्किँदै जाँदा बन्दीहरूको अवस्था अनिश्चित रहेको र शान्तिपूर्ण समाधानको माग विश्वभरबाट भइरहेको छ।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »