BREAKING
Loading...

मंगलसेन–१३ साल्पाटामा सडक निर्माणप्रति स्थानीयको गुनासो

September 15, 2025


अछाम, मंगलसेन नगरपालिका–१३ साल्पाटामा निर्माणाधीन सडकबारे स्थानीयले गुनासो गरेका छन्।

स्थानीयको भनाइ अनुसार उक्त सडक पहिलो पटक खोल्दा केही स्थानीय नेताहरु र २/४ जना व्यक्तिहरुले घरमा कोही नभएको अवसर छोपेर सडक खोलेका थिए। उनीहरुको आरोप छ, स्थानीयलाई जानकारी नै नदिई सडक खोलिएको हो।

यस्तै, सडकको नापी एक ठाउँमा भए पनि पछि नापीको भन्दा फरक ठाउँमा सडक बनाइएको गुनासो पनि स्थानीयले गरेका छन्।

स्थानीयले यस घटनाप्रति असन्तुष्टि जनाउँदै सम्बिन्धित निकायको तुरुन्त ध्यानकर्षण गराउन माग गरेका छन्।
Share this: