BREAKING
Loading...

अछाममा ४६ वटा छाउगोठ भत्काइयो

August 31, 2025


अछाम । आज मिति २०८२ भाद्र १५ गते, जिल्ला प्रहरी कार्यालय मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानीय तहमा कुल ४६ वटा छाउगोठ भत्काएको छ।

स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, भद्रभलाधिमी तथा महिला समूहका प्रतिनिधिहरूको उपस्थितिमा गरिएको अभियान अन्तर्गत:

पञ्चदेवल बिनायक नगरपालिकामा ३२ वटा,

बान्निगडी जयगढ गाउँपालिकामा ८ वटा,

तुर्माखाद गाउँपालिकामा ३ वटा,

मंगलसेन नगरपालिकामा ३ वटा छाउगोठ भत्काइएको प्रहरीले जनाएको छ।



यस क्रममा स्थानीयवासीलाई छाउप्रथाको नकारात्मक प्रभावबारे जानकारी दिइएको र यस प्रथालाई अन्त्य गर्न निरन्तर अभियान अघि बढाइने  प्रहरीको भनाइ रहेको छ । 

छाउँगोठमा बस्नु महिलाको स्वास्थ्य, सुरक्षा र अधिकारविरुद्ध हो। अब सबै मिलेर छाउप्रथा अन्त्य गरौँ र छाउगोठमा नबसौँ। हामीहरू आजै मिलेर अघि बढौ । सबैलाई छाउप्रथा अन्त्य गर्न संदेश दिउँ ।


Share this: