ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

अछाममा ४६ वटा छाउगोठ भत्काइयो

August 31, 2025


अछाम । आज मिति २०८२ भाद्र १५ गते, जिल्ला प्रहरी कार्यालय मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानीय तहमा कुल ४६ वटा छाउगोठ भत्काएको छ।

स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, भद्रभलाधिमी तथा महिला समूहका प्रतिनिधिहरूको उपस्थितिमा गरिएको अभियान अन्तर्गत:

पञ्चदेवल बिनायक नगरपालिकामा ३२ वटा,

बान्निगडी जयगढ गाउँपालिकामा ८ वटा,

तुर्माखाद गाउँपालिकामा ३ वटा,

मंगलसेन नगरपालिकामा ३ वटा छाउगोठ भत्काइएको प्रहरीले जनाएको छ।



यस क्रममा स्थानीयवासीलाई छाउप्रथाको नकारात्मक प्रभावबारे जानकारी दिइएको र यस प्रथालाई अन्त्य गर्न निरन्तर अभियान अघि बढाइने  प्रहरीको भनाइ रहेको छ । 

छाउँगोठमा बस्नु महिलाको स्वास्थ्य, सुरक्षा र अधिकारविरुद्ध हो। अब सबै मिलेर छाउप्रथा अन्त्य गरौँ र छाउगोठमा नबसौँ। हामीहरू आजै मिलेर अघि बढौ । सबैलाई छाउप्रथा अन्त्य गर्न संदेश दिउँ ।


सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »