अछाममा छाउगोठमा सुतेका आमा–छोरीसहित दुईको ढुङ्गाले किची मृत्यु, एक घाइते


अछाममा छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ भने अन्य एक जना घाइते भएकी छन् । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो ।


पञ्चदेवल विनायक नगरपालिका वडा नं ८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका ६ का गोरे भण्डारीकी सात वर्षकी छोरी कविताको छाउगोठमा सुतेका बेला ढुङ्गाले किचेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले बताउनुभयो । उक्त घटनामा घाइते हुनुभएकी कविताकी आमालाई उपचारको लागि स्थानीय स्वास्थ्यचौकी पठाइएको छ ।


जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेकबहादुर देउवा नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।

स्रोत: radionepal_




Comments