अझै कसलाई थाह छैन र तिम्रो मुख्य पीर के हो ?
गजल
उद्देश्य नै अर्कै हो कि सोझ्याएको तीर के हो ?
अझै कसलाई थाह छैन र तिम्रो मुख्य पीर के हो ?
अनन्त छ यात्रा लामो जम्काभेटमा जुर्नु नै छ
पत्तो दिउँला त्यति खेरै यथार्थमा भीर के हो ?
मौका जुर्यो विगत बिर्स्यौ अब भन्नु केही रहेन
बेला आउला बताइदेला दीर्घकाल र चीर के हो ?
जति गर्छौ निन्दै निन्दा गर तिम्लाई छुटै छुट छ
हेर्दै जाउ भविष्यलाई धैर्यता र धीर के हो ?
(अझै कसलाई थाह छैन र तिम्रो मुख्य पीर के हो ?)
"नरेश न्यौपाने" टिकाथली, ललितपुर ।
Comments
Post a Comment